“कसास यात्री स्मृति सम्मान, २०७७” वरिष्ठ साहित्यकार प्रा. डा. अभि सुवेदीलाई

12

काठमाडौं – कपन साहित्य समाजका परिकल्पनाकार एवम्‌ संस्थापक संरक्षक साहित्यकार, अन्वेषक स्व. पूर्णप्रकाश नेपाल ‘यात्री’ को स्मृतिमा कपन साहित्य समाजद्वारा स्थापित “कसास यात्री स्मृति सम्मान, २०७७” वरिष्ठ साहित्यकार प्रा. डा. अभि सुवेदीलाई प्रदान गर्ने निर्णय भएको छ ।

यसैगरी “कसास यात्री स्मृति सम्मान, २०७५” वरिष्ठ साहित्यकार प्रा. डा. गार्गी शर्मालाई प्रदान गर्ने निर्णय भएको गरेको कपन साहित्य समाजले जनाएको छ।

निकट भविष्यमा एक विशेष साहित्यिक समारोहका बीच उक्त सम्मान प्रदान गरिने छ । साथै सोही समारोहमा समाजद्वारा प्रकाशित कपन दर्पण २०७९ (कविता विशेषाङ्क) कोसमेत लोकार्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ।

वि.सिं. २०६१ सालमा भाषा, कला र साहित्यको श्रीबृद्धिको उद्देश्यले स्थापित यस समाजले यस पूर्व उक्त सम्मान वि.सं. २०७५ मा प्रा. डा. दयाराम श्रेष्ठ सम्भव र २०७६ मा वरिष्ठ संस्कृतिविद्‌ श्री तेजेश्वरबाबु ग्वङ्गलाई समर्पण गरिएको थियो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू