काँग्रेसले गुमायो नलगाड, माओवादी केन्द्रकी लामिछाने विजयी

162

काठमाडौं – जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने ४२७२ मतका साथ विजयी भएकी हुन्।

उनले ४ हजार २७२ मत प्राप्त गरेकी छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी ईन्द्रा चन्द सिंहले ३ हजार १४७ मत पाएकी छन्।

त्यस्तै नेकपा (एमाले) का उम्मेदवार सुनिता बोहराले २ हजार ५४२ मत ल्याएकी छन्।

रास्वपाका उम्मेदवार पार्बती पुनले १७९ मत ल्याएकी छन् भने राप्रपा नेपालका उम्मेदवार सुनिता पुन रावलले ५८ मत ल्याएकी छन्। नेपाल समाजवादी पार्टीका उम्मेदवार पवित्रा जैसीले १७ मत पाएकी छन्।

२०७९ को स्थानीय तह निर्वाचनमा नलगाडको उपप्रुमखमा कांग्रेसकी सरिता सिंह निर्वाचित भएकी थिइन्। उनको भुकम्पमा परि निधन भएको हो । अहिले कांग्रेसबाट उम्मेदवार बनेकी ईन्द्रा सरिताकै भाईबुहारी हुन्।

समाचार वर्गहरू