काँग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, पाइपबाट खाना दिने तयारी

13

काठमाडौं – ग्यास चुहिएर भएको आगलागीबाट घाइते भएका कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्य सुधार भइरहेको छ । भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार गराइरहेका भण्डारीको स्वास्थ्य सुधार भइरहेको हो ।

शुक्रबार पहिलो शल्यक्रिया गरिएका नेता भण्डारीको स्वास्थ्य अहिले सुधार हुँदै गएको उपचार समन्वयमा गएका नेपाली कांग्रेसका नेता योगराज कँडेलगराज कँडेलले जानकारी दिए । ‘खुसीको कुरा के छ भने अप्राकृतिक अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाएको छ’, कँडेलले भने, ‘आजबाट पाइपमार्फत खाना दिने कुरा भएकाले उहाँको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी गराउँदछौँ ।’

बिहान ९ बजे डा. मुकेश मिश्राबाट काउन्सिलिङ सम्पन्न भएको उनले बताए । कँडेलकाअनुसार अप्राकृतिक अक्सिजन मात्रा कम गर्दै जाने तयारी भइरहेको छ ।

काठमाडौँको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू