कांग्रेसको विरोधले राष्ट्रिय सभा बैठक शुक्रबारसम्मका लागि स्थगित

6
तस्बिर : संघीय संसद सचिवालय

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध गरेपछि बिहीबारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ।

बैठक सुरु भएपछि सभाको कारबाही प्रस्तुत गर्ने क्रममा नेपाली काँग्रेसका सांसदले उठेर विरोध जनाएपछी शुक्रबार १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको हो।

सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको ७ वर्षको इतिहासमा नयाँ नयाँ पन देखिन थालेको महसुस भएको बताए। उनले राष्ट्रिय सभामा विरोध गर्नेकुराले सबैलाई अप्ठ्यारो भएको र बाहिर नयाँ किसिमको परिचर्चा सुरु भएको बताए।

अध्यक्ष दाहालले नेपाली काँग्रेसलाई सभा सहज रूपमा अघि बढाउनका लागि भूमिका खेल्न पनि आग्रह गरेका थिए। 

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू