कांग्रेसको संसदीय दलको बैठक बस्दै

11

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दैछ।

कांग्रेसले संसदको घटनाक्रमबारे छलफल गर्न सोमबार दिउँसो एक बजे संसदीय दलको बैठक बस्ने तय गरेको हो ।

समसामयिक राजनीतिक परिस्थिति, सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।

सहकारीको बचत अपचलन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति नबनाइ संसद् अगाडि बढ्न नसक्ने बताएपछि पहिलो दिनको बैठक नै अवरूद्ध हुन पुग्यो।

संसदीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष अहिलेसम्म राजी भएको छैन। गत २८ गतेबाट संसद्को बर्खे अधिवेशन सुरू भएको थियो।

यसैबीच सरकारले मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। संसद्को गतिरोध हटाउने विषयमा आज साँझसम्म एउटा निष्कर्षमा पुगिने प्रधानमन्त्रीले विश्वास व्यक्त गरेका छन्।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू