कांग्रेस-एमालेबीचको सहकार्य बाध्यता हो – मन्त्री पाण्डे

52

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले रहर नभइ बाध्यताका कारण कांग्रेस-एमालेबीचको सहकार्य भएको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित बधाई एवं शुभकामना कार्यक्रममा मन्त्री पाण्डेले मुलुकको विकृति र विसंगतीलाई अन्त्यका साथै निराशालाई अन्त्य गर्नका लागि बाध्यतामा नयाँ सहमति भएको बताएका हुन् ।

मुलुकलाई अघि बढाउन कांग्रेस-एमालेले बनाएको ब्रम्हास्त्रलाई उपयोगी र निर्णायक बनाउनुपर्ने उनको भनाइ छ । मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनको क्षेत्रमा विकृतिले जरा गाढेको पाइएको भन्दै त्यसलाई निकास दिने गरी आफू अघि बढ्ने उल्लेख गरे ।

स्वच्छतासहितको काम अहिलेको आवश्यकता भएकाले त्यसमा आफू गम्भीर भएर लाग्ने उनले बताए । ​उनले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कने र स्वदेशमा रहेकालाई अवसर दिने गरी वर्तमान सरकारले काम गर्ने बताए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू