कांग्रेस देउवाकै हस्ताक्षर लिएर चुनावमा जाँदैन, अलमलमा नपरौँ – गगन थापा

108

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनावमा नजाने स्पष्ट पारेका छन्। उनले कांग्रेसले नयाँ नीति र नेतृत्वसहित चुनावमा भाग लिने बताए।

आइतबार कांग्रेसले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएको सभापति देउवाको हस्ताक्षरबाट निर्वाचन आयोगमा पार्टी दर्ता गराइएको थियो।

त्यसबारे उनले भनेका छन्, ‘बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो? मैले भने; होइन।’

उनले अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुने दाबी गर्दै भने ‘मैले भने प्रष्ट छ- अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ।’

उनले अब विशेष महाधिवेशनको विकल्प नरहेको भन्दै भने, ‘कुरा स्पष्ट छ, अलमलमा नपरौँ।’

समाचार वर्गहरू