कांग्रेस स्थानीय तहको अधिवेशन -काठमाडौंमा १६ गते, सिन्धुपाल्चोकमा स्थगित

6

काठमाडौँ – नेपाली कांग्रेसले शनिबार ६४ जिल्लामा एकैसाथ गाउँपालिका र नगरपालिकाहरुको अधिवेशन गर्ने कार्यक्रम छ । तर, काठमाडौं र सिन्धुपाल्चोकमा भने शनिबार पालिका तहको अधिवेशन नहुने भएको छ ।

जिल्ला निर्वाचन समितिले काठमाडौंमा तयारी नपुगेका कारण शनिबारका लागि तोकिएको अधिवेशन १६ असोजमा गर्ने मिति तोकेको छ ।

त्यस्तै, सिन्धुपाल्चोकमा भने अधिवेशन कहिले हुने भन्ने निश्चित छैन । निर्वाचन अधिकृत छविरमण निरौलाले शनिबारका लागि तोकिएको अधिवेशन प्राविधिक कारणले भन्दै अर्को मिति नतोकिएसम्मका लागि स्थगित भएको विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

समाचार वर्गहरू