काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँ जिल्लाको निर्वाचन समीक्षा गर्न विस्तारित बैठक बोलाएको छ ।
धुम्बाराहीस्थित सूर्य क्याटरिङमा आइतबार दिउँसो १२ बजेका लागि बोलाइएको बैठकमा पार्टीका सभापति गगन थापा प्रमुख अतिथि रहने बताइएको छ ।
काठमाडौँमा रहेका महानगर, नगर र सम्पूर्ण सभापति बैठकमा बोलाइएको एक पदाधिकारीले बताए । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम पार्टीका निम्ति प्रतिकुल हुनुका कारणबारे बैठकमा छलफल हुने उनले बताए ।
बैठकमा काठमाडौँ महानगरसहित दक्षिणकाली, कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, टोखा, बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनहरा र शंकरापुर नगरका सभापति तथा ती पालिकाअन्तर्गत सबै बुथ कमिटीका सभापतिहरुलाई बैठकमा अनिवार्य उपस्थितिका निम्ति खबर गरिएको छ ।