काठमाडाैं उपत्यकामा चिसाे बढ्याे, तापक्रम ०.६ मा झर्याे

18

(काठमाडाैं) – काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महशुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको तापक्रम वर्षकै सबभन्दा कम मापन गरिएको छ।

शनिबार बिहानको तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । शनिबार मापन गरिएकाे तामक्रम यो वर्षकै सबैभन्दा कम तापक्रम हो ।

गत बिहीबार काठमाडौैको तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियस मापन गरिएकाे थियो । शुक्रबार भने थोरै बढेर न्यूनतम तापक्रम १ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो ।

महाशाखाका अनुसार सामान्यतया पुस महिना मध्य चिसोको समय रहेकाले यो महिना तापक्रम घटेर देशभरी नै चिसो हुने गर्दछ ।

अहिले तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने अरु ठाउँको मौसम सामान्यतया सफा नै रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका जिल्लामा दिउँसोपछि मात्रै हुस्सु कुहिरो हट्ने गर्दा जनजीवन प्रभावित भएको छ । शनिबार देशभरीकै मौसम सफा हुने महाशाखाले जनाएकाे छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू