काठमाडौंका केही सडकमा आज र भोलि सवारीसाधन प्रवेश गर्न निषेध

29

काठमाडौं – काठमाडौंको विभिन्न सडकमा बिहिबार र शुक्रबार सवारीसाधन प्रवेश गर्न निषेध गरिएको छ।

काठमाडौं महानगरपालिकाले काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व गुपुन्हि (क्वाति पुन्हि) र सापारु (गाईजात्रा) का लागि प्रयोग हुने मार्ग (सडक)मा बिहीबार र शुक्रबार दुई दिन सवारीसाधन प्रवेश गर्न निषेध गरेको हो।

काठमाडौं महानगरद्वारा जारी सूचनामा गाईजात्रा हुने स्थान असन– केलटोल– इन्द्रचोक– मखन– हनुमाढोका दरबार परिसर– मरुटोल– चिकमंगल– जैशीदेवल– ज्याबहाल– लगनचोक– गोफल– ब्रह्मटोल– बन्डे–ह्युमत– जैशीदेवल–कोहिटी– भीमसेनस्थान– मरुटोल– प्याफल– ढोकाटोल– मुकुमबही– यट्खा– नरदेवी– टेंगल– न्ह्योखा– बाङ्गेमुढा– न्हैकन्तलालगायतका भित्री सडकमा सवारीसाधन निषेध गरिएको उल्लेख छ।
                                                                                   सूचना सहित 

suchana mahanagar

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू