काठमाडौं – काठमाडौंको कपनबाट १० महिलासहित २९ जुवाडे पक्राउ परेका छन् । कपनको सिमलटारस्थित एक घर मंगलबार राति जुवा खेलिरहेका बेला उनीहरु पक्राउ परेका हुन् ।
१४ लाख रुपैयाँसहित मंगलबार राति करिव २ बजेतिर कपनको सिमलटारस्थित एक घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसएसपी अशोक सिंहले बताए ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७ कुमारी गाल बस्ने ३३ वर्षीय अमर बहादुर गुरुङ,रामहिटी बस्ने ४७ वर्षीय पुरुषोतम चालिसे, सामाखुसी बस्ने २६ वर्षीय प्रकाश घले, सामाखुसी बस्ने ४२ वर्षीय कृष्ण चरण बिक, बुढानिलकण्ठका ३५ वर्षीय दोर्जे शेर्पा, ६ बौद्ध बस्ने बर्ष ४९ को प्रविन लामा रहेका छन्
त्यसैगरि जुवा खालबाट ३० थान कौडासमेत बरामद गरिएको प्रहरीले जनाएको छ । साथै काठमाडौं महानगरपालिका-६ बौद्ध सिमालटारका ४० वर्षीय लाल बहादुर विक,काठमाडौं महानगरपालिका-६ बौद्ध सिमालटारका ३७ वर्षीय मान ब। तामाङ, दोलाखा शैलुन घर भई हाल ललितपुरका ४१ वर्षीय असोक घिसिङ, काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने २४ वर्षीय रञ्जित खड्की लगायत रहेका प्रहरीले जनाएको छ ।