काठमाडौंमा एक महिलामाथि दिनदहाडै खुकुरी प्रहार

112

काठमाडौं – काभ्रेपलाञ्चोककी एक महिलामाथि दिनदहाडै खुकुरी प्रहार भएको छ।

गोकर्णेश्वर नगरपालिका–७ शिवचोकमा बस्दै आएकी ५१ वर्षीया सीतादेवी पन्तमाथि शुक्रबार बिहान करिब ११:१५ बजे खुकुरी प्रहार भएको हो।

आक्रमणकारी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ घर भएका ३७ वर्षीय कर्णबहादुर तामाङ रहेको खुलेको छ। प्रहरीका अनुसार तामाङले मदिरा सेवन गरी पन्तको कोठामा प्रवेश गरी खुकुरी प्रहार गरेका हुन्।

घटनापछि प्रहरीले तत्काल तामाङलाई नियन्त्रणमा लिएको छ र उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ। पन्तलाई उपचारका लागि अस्पताल लगिएको छ।

घटना कै कारणले भएको हो भन्ने तथ्य भने अझै स्पष्ट भएको छैन।

समाचार वर्गहरू