काठमाडौंमा टेबल टेनिसको एकेडेमी सञ्चालन

18

काठमाडौं – खुसिबुस्थित पलेस्वान मार्गमा टेबल टेनिसको एकेडेमी संचालनमा आएको छ । टेबल टेनिसकी ८ पटककी बिजेता नविता श्रेष्ठ (महर्जन) को अग्रसरतामा उक्त एकेडेमी खुलेको हो ।

एकेडेमीको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले सोमबार एक कार्यक्रमबीच उद्घाटन गरे । एकेडेमीमा हाल तीन टेबल टेनिस बोर्ड रहेको छ । एकेडेमीको बारेमा जानकारी गराउँदै एकेडेमीकी संचालक नविताले धेरै अगाडिदेखि एकेडेमी संचालन गर्ने सोच रहेको र त्यसलाई परिवारको सहयोग र साथले साकार भएको बताईन् ।

‘डिप्लोमा पढ्दादेखि एकेडेमी संचालन गर्ने सोच बनाएको थिए । १३ औं साग पश्चात खेलाडी भन्दा पनि कोचको भूमिकामा आफूलाई उभ्याउने सोच बनाएको थिए त्यसैलाई यथार्थता प्रदान गर्न एकेडेमी स्थापना गरेको हो’ उनले बताईन् ।

विभिन्न देशमा जाँदा त्यहाँको एकेडेमी र टेबल टेनिसको बिकासले आफुलाई यस क्षेत्रमा अघि बढ्ने प्रेरणा प्रदान गरेको नविताले बताईन् । कतिपय राम्रा खेलाडीहरु आर्थिक अभावका कारण तथा समयको अभावले पढाई र खेललाई संगसंगै लैजान नस्कनाका कारण विचमानै खेल छोड्नु पर्ने अवस्था देखिएको छ अव त्यसलाई यस एकेडेमीले पूर्ति गर्ने उनले बताईन् ।

उनले आगामी दिनमा खेलाडीहरुको लागि विभिन्न विद्यालयहरुमा छात्रबृत्तीका लागि पहल गर्ने साथै छात्राबास समेत संचालन गर्ने सोच बनाएको बताईन् । यस कार्यले आगामी दिनमा उपत्यका बाहिरबाट आएका खेलाडीहरुका लागि सहज हुने बताईन् । उनले आगामी दिनमा टेबल टेनिस खेललाई ब्यावसायिकता तर्फ अग्रसर गर्नु पर्नेमा समेत जोड दिईन् ।

कार्यक्रममा जीवन राम श्रेष्ठले खेल जीवन पश्चात खेलाडीहरुले भविष्यको सुनिश्चितता नहुनुका कारण बिचमा नै खेल छोड्ने अथवा खेलमा उच्चता प्रदर्शन गर्न नसकेको बताए ।

कार्यक्रमलाई शुभकामना प्रदान गर्दै नेपाल टेबलटेसि संघका अध्यक्ष, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजबैद्यले काठमाण्डौ र ललितपुरमा पनि एकेडेमी रहेको र सवैको उद्धेश्य भनेको स्तरिय खेलाडी उत्पादन गर्नेनै हो भन्दै एकेडेमीको उद्धेश्य प्राप्तिका लागि शुभकामना प्रदान गरे ।

अहिले सातै प्रदेशमा भौतिक पूर्वाधार निर्माणको काम भइरहेको र आगामी दिनमा थप योजना अघि बढाइने उनले आश्वासन दिए । केही ठाउँमा कामको जस कसले लिने भन्ने विवाद खडा गरेका कारण पूर्वाधार निर्माण समयमै सम्पन्न हुन नसकेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

समाचार वर्गहरू