नेकपाले प्रवास समन्वय कमिटीको जिम्मेवारी पाण्डेलाई

19

(काठमाडौँ) –  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रवास समन्वय कमिटीको नेतृत्वको टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको नेकपाको सचिवालय बैठकले नेतृ बिन्दा पाण्डेलाई प्रवास समन्वय कमिटीको इन्चार्जको जिम्मेवारी दिने निर्णग गरेको हो ।

सहइन्चार्ज लक्ष्मण पन्त, अध्यक्ष यूवराज चौंलागाई, सचिव श्रीप्रसाद शाह र सदस्यमा तिल बिकलाई जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकबाट बाहिरिने क्रममा नेकपा प्रवक्ता श्रेष्ठले कमिटीमा रहेन सदस्यको जिम्मेवारी बारे जानकारी गराएका हुन् ।

बैठकमा पार्टीको कार्यकारी अध्यक्ष प्रचण्डलाई दिने कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलाई दिन लागिएको अनुमान गरिएको थियो । तर प्रवक्ता श्रेष्ठले यो विषय बैठकमा प्रवेश नै नभएको बताएका छन् ।

सञ्चारकर्मीले राखेको जिज्ञासमा प्रवक्ता श्रेष्ठले भने, ’कार्यकारी अध्यक्ष प्रचण्डलाई दिने र कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेललाई दिने विषयमा कुनै छलफल भएन । यो विषयमा बैठक प्रवेश नै गरेन ।’

समाचार वर्गहरू