‘काठमाडौं २ मा बसेको भए उछिट्याइदिने रहेछन्’ – माधव नेपाल

9

काठमाडौं – नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले हालै सम्पन्न निर्वाचनमा काठमाडौं छोडेर रौतहट नगएको भए चुनाव हार्ने पक्का भएको बताएका छन् ।

रौतहटबाट निर्वाचन जितेकोमा बधाई एवम् शुभकामना प्रदान गर्न काठमाडौँ सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित भेलालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन्।

विगतमा चुनाव लड्दै आएको काठमाडौँ २ छोडेर रौतहट १ रोजेका नेपालले भने ‘प्रचण्डजी गोरखा र म रौतहट नगएको भए हामीलाई नै उछिट्याइदिने रहेछन्,’।

नेपाल रौतहट-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मले पछि पार्दै विजयी भएका हुन्।

समाचार वर्गहरू