काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा विजयी भएका छन् ।
औपचारिक घोषणा नभए पनि थापाले १९ हजार १४ मत ल्याएका छन् भने, उनका निकटतम प्रतिस्पर्धी एमालेका राजन भट्टराईले १३ हजार २३ मत ल्याएका छन् ।
मतान्तर ५ हजार ९ सय ९१ रहँदा गन्न बाँकी मत कामनपा ३० नम्बरको ४ हजार ८ सय ८१ मात्रै रहेको छ जुन गगन थापा बसोबास गर्ने वडा हो ।