कान्ति अस्पतालको कन्त बिजोग, उपियाँ र उडुसको टोकाइसँगै सुत्केरी भुइँमा

4

काठमाडौं –  काठमाडौंको महाराजगन्जस्थित कान्तिबाल अस्पतालमा नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू) को कुरुवा घरमा उडुस, उपियाँले गर्दा हैरान भएका छन् ।

एकातिर उपियाँ र उडुसले टोकेर हैरान गरेको र अर्कोतिर शौचालय गइनसक्नु भएको एनआइसियू्को कुरुवाघरमा रहेका अधिकांश महिलाहरुले गुनासो गरेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेत सहितको टोली बिहीबार कान्ति बाल अस्पताल पुग्दा एनआइसियू्को कुरुवाघरमा रहेका अधिकांश महिलाहरुले भने, “यहाँ बस्न र बाथरुम जान साह्रै मुस्किल रहेको छ । एकातिर उपियाँ उडुसले टोकेर हैरान गर्छ । अर्कोतिर बाथरुममा गयो, बस्न सक्ने अवस्था हुँदैन ।”

एक महिनाभन्दा कम उमेरका नवजात शिशुलाई एनआइसियूमा राखेर उपचार गरिन्छ भने उनीहरूका आमालाई एनआइसियू कुरुवाघरमा राखिन्छ । अस्पतालको कुरुवाघरमा भोग्नुपरेको पिडा सुनाउँदै कुरुवाले भने ‘एकछिन बस्दा उपियाँ र उडुसले टोकेर खपिसक्नु हुँदैन । त्यसैले हमी भुइँमा बिस्तारा लगाएर सुत्ने गरेका छौं त्यो पनि साह्रै कष्टकर छ ।’

यस विषयमा कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले अस्पतालमा उपियाँ, उडुस परेको स्विकार्दै भने “दुई साताअघि मात्र उपियाँ, उडुस हटाउनका लागि औषधीको प्रयोग गरिएको थियो, जति गरे पनि उपियाँ, उडुस हटाउन सकिएन ।” अस्पतालको एनआइसियूमा मात्र होइन ओपिडीमा समेत उपियाँ, उडुसले सताउने गरेको उनले दिएको जानकारी दिए ।

अनुगमन टोलीमा संलग्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले अस्पताललाई सुधार गरेर सञ्चालन गर्न निर्देशन दिए। उनले अब हरेक अस्पतालले न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने भन्दै अस्पतालका हरेक वार्डमा सुधार गर्न आग्रह गरेका थिए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू