काबुलस्थित एक अस्पतालमा भएको आक्रमणमा १४ को मृत्यु

26

(काठमाडौं) – अफगानिस्तानको राजधानी काबुलको एउटा अस्पतालमा भएको आक्रमणमा दुई जना शिशु सहित १४ जनाको मृत्यु भएको छ । उक्त आक्रमणमा थप १५ जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।

अधिकारीहरूले सुरूमा शृंखलाबद्ध बम विस्फोटनबाट सुरू भएको हमलामा पछि बन्दुक आक्रमण गरिएको उल्लेख गरेका छन् । हमलाको समयमा अस्पतालबाट भाग्न सफल भएका एक जना चिकित्सकले बीबीसीलाई त्यसबेला चिकित्सक र नर्ससहित १ सय ४० जना जति अस्पतालमा रहेको बीबीसीले उल्लेख गरेको छ ।

हमलामा परेको अस्पतालको प्रसूति गृह अन्तर्राष्ट्रिय परोपकारी संस्था मेदसाँ सं फ्रँतिए (एमएसएफ) ले सञ्चालन गर्दै आएको छ । त्यहाँ कतिपय विदेशी पनि कार्यरत रहेका थिए । एमएसएफका कर्मचारीहरूले प्रयोग गर्ने अतिथि गृहलाई पनि हमलाकारीले निशाना बनाएको हुनसक्ने बताइएको छ ।

अफगान विशेष फौजले तीन विदेशीसहित १०० जना महिला र बालबालिकालाई उद्धार गरेको बीबीसीले जनाएका छ । बन्दुकधारीको अर्को समूहले काबुलमा मङ्गलवार गरेको अर्को आक्रमणमा थप १५ जना घाइते भएका छन् ।

समाचार वर्गहरू