काभ्रेमा अज्ञात समुहले ढोकामा विस्फोटक पदार्थ राखेर बोधिचित्तको रूख काटिदिए

5

काठमाडौं – काभ्रेमा अज्ञात समुहले बिहिबार राती बुद्धचित्तको बोट फडानी गरेका छन् ।

जिल्लाको रोशी गाउँपालिका-५ नागवेली कोल्दोङमा ठगुरानी लामाको घरमा बम राखी बुद्धचित्त मालाको बोट फाडिएको हो ।

सो समुहले स्थानीयको घरको ढोकामा बम राखिदिएको खुलेको छ । बिहीबार राती अपरिचित समुह आइ स्थानीयको तीन घरमा बम राखी बुद्धचित्त मालाको रुख काटेको बताइएको छ ।

हरेक वर्ष करोडौंमा बिक्री गर्दै आएको मालाको रुख सखाप पारेर अपरिचित समूह फरार भएका छन्।

मुल मालाको पुरानो बोट काटेर तीन घरको आगनमा ४ वटा सकेट बम राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीले अनुसन्धान गरिरहेका छन् । नेपाली सेनाले बम डिस्पोज गर्ने तयारी गरेको बताइएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू