कार्यवाहक राष्ट्रपति यादवले दिए ईदको शुभकामना

11

काठमाडौं – कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले मुस्लिम समुदायको ईद (ईदउल फित्र) पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन्।

ईदका अवसरमा शुभकामना दिँदै यादवले मुस्लिम समुदायको बसोबास रहेका सबैजसो भागमा मनाइने ईद पर्व नेपाली समाज र सांस्कृतिक विविधताको परिचायकको रूपमा समेत रहेको जनाएका छन्।

यस पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वर्द्धन र विकासका साथै राष्ट्रिय सद्भाव र एकता प्रवर्द्धनसमेतमा योगदान पुग्ने विश्वास यादवले व्यक्त गरेका छन्।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू