कालीकोट दुर्घटना अपडेट : ज्यान गुमाउनेको सङ्ख्या सात पुग्यो

48

काठमाडौं – पलाँता गाउँपालिका–३ मा हिजो आइतवार भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या सात जना पुगेको छ ।

उपचारको क्रममा सल्यान जिल्ला सारदा नगरपालिका १४ का  ५१ वर्षीय जीप चालक धनीराम रावतको ज्यान गएपछि मृतकको सङ्ख्या सात जना पुगेको कालीकोटका डीएसपी टेकबहादुर रावतले बताए ।

यसअघि पलाँता– ६ का दसकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही,  पलाँता– ५ का छाँया शाही र पलाँता–३ का ६ वर्षीय बालक दमन रोकायाको भने हिजो घटना स्थलमै ज्यान गएको थियो ।

दुर्घटनामा घाइते भएकाहरुको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।

पलाँता गाउँपालिका–५ खिनबाट पलाँता ९ थिर्पुतर्फ जाँदै गएको क १ ज ५६ नम्बरको जीप पलाँता–३ को राडु भन्ने ठाउँमा हिजो दुर्घटना भएको हो ।

समाचार वर्गहरू