कास्की २ मा नेकपाबाट विद्या भट्टराई वियजी

16

(पोखरा) – कास्की निर्वाचन क्षेत्र २ मा सत्तारुढ नेकपा उम्मेदवार विद्या भट्टराई वियजी भएकी छन् । प्रतिनिधिसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा २४ हजार ३९४ मत ल्याइ उनी विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्दी कांग्रेस उम्मेदवार खेमराज पौडेलले १५ हजार ९९१ मत प्राप्त गरे । समाजवादी पार्टीका उम्मेदवार धर्माराज गुरुङले १९ सय २२, राप्रपाका उम्मेदवार रोमबहादुर भण्डारीले ११५३, साझा पार्टीकी उम्मेदवार रजनी केसीले ९४२ मत प्राप्त गरेकी छिन् ।

पोखरा महानगरपालिकाका ११ वटा वडा समेटिएको निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता थिए । त्यसमत्ये ४५ हजार ५ सय ६३ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कास्की २ बाट निर्वाचित अधिकारीको गत फागुनमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । त्यही कारण रिक्त भएको प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा १४ मंसिरमा उपचुनाव भएको थियो ।

मत गणना सकिए लगतै कांग्रेस उम्मेदवार पौडेलले भट्टराईलाई बधाई दिएका थिए । उनले राम्रोसँग काम गर्न समेत आग्रह गरे ।

समाचार वर्गहरू