कुवेतमा कारको ठक्करबाट ३ नेपालीको मृत्यु

15

काठमाडौं – कुवेतमा भएको सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्‍यु भएको छ ।

मंगलवार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी-साइड सडकमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपालीको दुर्घटनास्थलमै ज्यान गएको हो ।

कुवेतमा रहेको नेपाली दुतावासका अनुसार दुर्घटनामा परी ज्यान गुमाउने तीनै जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेमा लयती पन्चदेवल विनायक -५ आछामका सुरत बहादुर कठायत, सानो भर्याङ्ग, नागार्जून -२ काठमाडौंका सुजन कार्की र वेंगादवार -३ धनुषाका धिरज गुर्मछान मगर छन् ।

नेपाली दुतावास कुवेतका प्रथम सचिव तथा सुचना अधिकारी प्रेमराज गौतमले टेलिफोनमा घटनाको पुष्टी गर्दै दुर्घटनाको जानकारी पाए लगत्तै दुतावासले आवश्यक प्रक्रियाअगाडि बढाई परिवार तथा कम्पनीसँग नियमित सम्पर्कमा रहेको र मृतकका शवहरु नेपाल पठाउने तथा वीमा बापतका लागि पहल गरिरहेको बताए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू