कृष्णबहादुर अधिकारी नेपाल बैंकको नयाँ सीईओ

19

काठमाडौं – नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । विगत ६ महिना देखि रिक्त रहेको नेपाल बैंकको सीईओमा अधिकारी नियुक्त भएका हुन् ।

बैंकमा कामु प्रमुख कार्यकारी अधिकृत रहेका अधिकारीलाई नेपाल बैंकको संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । यसअघिका सीईओ देवेन्द्रप्रताप शाह ४ वर्षे कार्यकाल पूरा गरेर ६ महिनाअघि बाहिरिए पछि सो पद रिक्त थियो ।

शनिबार बसेको बैंक बोर्ड बैठकले अधिकारीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । चारवर्षे कार्यकालको लागि अधिकारी नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

नेपाल बैंकबाट नै बैंकिङ करिअर सुरु गरेका अधिकारीले देवेन्द्रपताप शाह प्रमुख कार्यकारी अधिकृत पदबाट अवकास पाएपछि कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतको दौडमा पुष्पराज भण्डारी, शेषरमण आचार्य र शंकरकुमार रायमाझी लगायत १३ जनाले आवेदन दिएका थिए । तर, सबैलाई पछि पार्दै उनी प्रमुख कार्यकारी अधिकृत चुनिएका हुन् ।

समाचार वर्गहरू