काठमाडौं – नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बुधबार (आज) बस्दैछ।
सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकअघि नै आज बिहान ९ बजे आफ्नै निवास धुमबाराहीमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका हुन्।
यसबीचमा पटकपटक पदाधिकारी र पूर्वपदाधिकारी बैठक राखेर केन्द्रीय समितिको बैठक सार्दै आएका देउवाले यो बैठकमा पनि आफ्नो विरोध नसोच्नै भन्ने चाहेको देउवा निकट एक नेताले बताए। उनले भने, ‘सीमित एजेन्डा तय गर्ने र तिनै एजेन्डामा मात्र बैठक केन्द्रित गर्ने सभापतिजीको तयारी छ। त्यसकै लागि पदाधिकारी र पूर्वपदाधिकारीसँग बैठक राखिएको हो।’
सभापति देउवाले दुई महामन्त्रीलाई यसअघि नै एजेन्डा तयार गरेर ल्याउन भनेका थिए। बैठकका एजेन्डा तय गर्ने विषयमा पार्टीमा छलफल भइरहे पनि बुधबार बिहान बस्ने बैठकले मात्रै एजेन्डाको टुंगो लाग्छ।
एक सहमहामन्त्रीले भने, ‘सभापति र महामन्त्रीहरूबीच एजेन्डाका विषयमा छलफल भएको होला सहमहामन्त्रीलाई केही पत्तो पाइएको छैन। आज बिहान पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाइएको छ। त्यसैमा हामीलाई पनि बोलाइएको छ।’
नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको बैठक झण्डै एकबर्ष पछी आज बस्न लागेको छ ।