‘नेपोबेबी’ सबैभन्दा धनाढ्य मन्त्री, सस्मितका बाबु रमेशले कसरी जोडे २४ करोड सम्पत्ति ?

46
फाइल फोटो
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र उनको सरकारका मन्त्रीहरुको आइतबार सार्वजनिक भएको सम्पत्ति विवरण हेर्दा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल सबैभन्दा धनाढ्य देखिएका छन् ।
मन्त्री पोखरेलले सम्पत्ति विवरणमा कूल सम्पत्ति २४ करोड १६ लाख २७ हजार र ऋण ७५ लाख रहेको उल्लेख गरेका छन् । यो सम्पत्तिको स्रोतका रुपमा उनल बाबु रमेशकुमार पोखरेल राष्ट्रबैंकमा कार्यरत रहँदा आर्जन गरेको उल्लेख गरेका छन् । पोखरेलका बाबुले राष्ट्रबैंकमा हुँदा आर्जित रकमले श्रीमतीका नाममा त अथाह सम्पत्ति खरिद गरेकै देखिन्छ, सालीहरुको नाममा समेत राखेको खुलेको छ । यसरी पदमा हुँदा अकूत सम्पत्ति आर्जन गरेका रमेशकुमारका छोरा सस्मितले सुशासन र पारदर्शीताको चर्को कुरा गरेकै भरमा निर्वाचन जितेर मन्त्री हुन सफल भएका छन् ।
सस्मित पोखरेलका बाबु रमेशकुमार पोखरेल राष्ट्रबैंकमा हुँदा डा. युवराज खतिवडानिकट थिए । खतिवडा राष्ट्रबंंैकमा हुँदा पनि पोखरेलले कमाउ ठाउँमा मात्रै बस्ने मौका पाएका थिए । युवराज खतिवडाको चाकरी गर्दै अवसरमाथि अवसर पाउका उनी खतिवडा अर्थमन्त्री भएपछि २०७५ मंसिरमा स्वास्थ्य वीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त हुन सफल भएका थिए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको दुईतिहाईको सरकार भएको बेला एमालेको कोटाबाट उनले वीमा बोर्डमा नियुक्ति पाएका थिए । एमालेको पेशागत महासंघ हुँदै पार्टीले अर्कै ब्यक्तिलाई बोर्डको कार्यकारी निर्देशक बनाउन सिफारिस गरेको थियो । तर ओलीका विश्वासापात्र तत्कालीन अर्थमन्त्री डा. खतिवडाले राष्ट्रबैंकबाट अवकाश पाएका तिनै पोखरेललाई वीमा बोर्डको कार्यकारी निर्देशक बनाएका थिए ।
स्वास्थ्य वीमाको ब समेत थाहा नभएका पोखरेलको नियुक्तिलाई लिएर त्योबेला निकै आश्चर्य मानिएको थियो । तर झन्डै दुईतिहाई बहुमतको उन्मादमा रहेका ओली र खतिवडाले पार्टीको सिफारिस रद्दीको टोकरीमा फालेर पोखरेललाई नियुक्ति गरेका थिए ।
डा. खतिवडाले पोखरेललाई अन्तर्राष्ट्रिय मुद्रोकोषमा समेत पठाएका थिए । राष्ट्रबैैंकमा हुँदा पनि एमालेकै आडमा लाभ लिएका र अकूत कमाएका रमेश पोखरेल २०४६ पछिका सम्पत्ति छानबिन गर्नुपर्ने उच्च अधिकारीभित्रै पर्दछन् । एमालेको नाममा अकूत कमाएका तिनै पोखरेलका छोरा ‘नेपोबेबी’ सस्मित पोखरेलले देखाएको सम्पत्तिको आयकर तिरिएको छ कि छैन भन्ने प्रश्न उठिरहेको छ ।
खोटाङको रावाबेसी गाउँपालिका(साबिक खार्पा)का रमेश पोखरेलले काठमाडौंका रैथाने बिराजभक्त श्रेष्ठजस्तो चप्पल लगाएर आएको होइन भन्ने छुट पनि नहोला । राष्ट्रबैंकको कार्यकारी निर्देशक तहसम्म पुगेका पोखरेलका छोराले सबै सम्पत्ति बाबुले कमाएको उल्लेख गरेका छन् ।
सरकारी मूल्यांकन अनुसारको सम्पत्ति २४ करोड बराबर देखाइएको छ भने अहिलेको चलनचल्तीको मूल्य अनुसारको उनको जग्गाको मात्रै हिसाबकिताव गर्ने हो भने ३० करोडभन्दा माथि हुने राष्ट्रबैैंकबाटै अवकाश पाएका एक अधिकृत बताउँछन् । उनले भने–‘म पोखरेलभन्दा पछि अवकाश भएको हुँ । तर मैले बनाएको घरको ऋण तिरिरहेको छु, यत्रो ३० करोड सम्पत्ति कहाँबाट आयो ? कर तिरिएको छ कि छैन खोजी हुनुपर्छ कि पर्दैन ? कि नयाँलाई कर तिर्नुपर्दैन ? संविधानभन्दा माथि हुन् ?’
बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा त्यहाँ बिज्ञका नाममा भर्ति गरिएका र मासिक लाखौं सुविधा लिएका उनले ब्यक्तिगत प्यान नम्बर समेत नलिएको देखिएको छ । उनको सम्पत्ति विवरणमा प्यान नं. नै उल्लेख छैन । जबकि अरु मन्त्रीको छ । उनीसहित ५ मन्त्रीको प्यान नम्बर नै रहेको छैन ।
महानगरबाट बिज्ञको तलव पनि उनले प्यान नं विना नै कसरी लिए भन्ने प्रश्न उठेको छ । जबकि प्राइभेट संस्थाले समेत प्यान नम्बर बिना तलव पाउँदैनन् । महालेखा परीक्षकको कार्यालयले समेत यसरी पारिश्रमिक दिन नमिल्ने कुरा औंल्याएको भए पनि मेयर वालेन्द्र नेतृत्वको महानगरले त्यसको पालना नगरी भुक्तानी दिएको खुलेको छ ।
यद्यपि सोमबार राति उनले आफ्नो सम्पत्ति इमान्दारीपूर्वक कमाएको दाबी गर्दै प्यान नम्बर भएको तर गोपनीयताका कारण सम्पत्ति विवरणमा नलेखेको सामाजिक संजालमा उल्लेख गरेका छन् । बाबुको सम्पत्ति नदेखाए हुनेमा मैले मावलीतर्फको समेत देखाएको दाबी गरेका छन् । मावलीतर्फको पनि स्रोत खोज्दै जाँदा बाबुकै आर्जनले किनेको भएरै र आमाको नाममा समेत संयुक्त भएकाले देखाउनुपरेको भने उनले प्रकट गर्नसकेका छैनन् ।
आफ्ना पिताले पनि इमान्दारीपर्वक नै आर्जन गरेको र इमान्दार हुन सिकाएको उनको जिकिर छ । यद्यपि उनका बाबु युवराज खतिवडाकै आशीर्वादले राष्ट्रबैंकबाट अमेरिकाको अन्तर्राष्ट्रिय मुद्राकोषमा जाने मौका पाएको र उनले समेत अमेरिकामा त्यही भएकाले अध्ययन गर्ने मौका पाएका थिए । नेपालफेस

समाचार वर्गहरू