कोरोनाका कारण शेर्पा सङ्घ युकेका अध्यक्षको निधन

19

लण्डन – कोरोना भाइरस संक्रमणका कारण शेर्पा सङ्घ बेलायतका अध्यक्ष साना शेर्पाको  निधन भएको छ । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिए ।

गत असार २९ गते कोरोना सङ्क्रमण देखिएपछि उनलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो । दुई हप्तासम्म पनि उपचारमा कुनै सुधार आएपछि उनलाई लण्डनको सेन्ट थोमस अस्पतालमा सारिएको थियो । एक साताअघि कोरोना परीक्षण गर्दा सङ्क्रमण मुक्त भएको भनिए पनि उनको कलेजोको समस्यामा भने कुनै सुधार हुन सकेको थिएन ।

भूतपूर्व गोर्खा सैनिक रहेका शेर्पा विगत लामो समयदेखी आफ्ना तीन छोरा र श्रीमतीसहित बेलायतको केन्टमा बस्दै आएका थिए ।

समाचार वर्गहरू