काठमाडौँ – कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ११ को मृत्यु भएको छ ।
गत २४ घण्टामा नेपालमा एक महिला सहित १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।
संक्रमणबाट मृत्यु हुनेमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर र प्युठानका १ –१ जना पुरुष रहेका छन् भने दोलखाकी एक महिला रहेकी छिन् ।
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ ।