कोरोना संक्रमित नर्ससहित ११ अस्पतालबाट डिस्चार्ज

35

(कपिलवस्तु) – नर्ससहित ११ जना कोरोना भाइरस संक्रमित उपचार पछि अस्पतालबाट डिस्चार्ज भएका छन् । कपिलवस्तु अस्पतालमा कार्यरत नर्स कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको जनाउँदै सोमबार घर फिर्ता पठाएको कपिलवस्तु जिल्ला अस्पतालले जनाएको छ ।

कपिलवस्तु नगरपालिका तौलिहवा निवासी २५ वर्षीया नर्सलाई घर पठाइएको हो । गत बैशाख ३० गते पहिलो पटकको रिपोर्टमा पोजेटिभ आएपछि नर्सलाई जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको थियो ।

नर्स संक्रमित भएपछि अस्पतालका कर्मचारी र परिवार सहित १ सय १० को पीसीआर परीक्षण गर्दा नेगेटिभ आएको थियो । नर्सको क्रमशः दोस्रो र तेस्रो पटक यही जेठ १ र ४ गते दुई पटक जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि सोमबार डिस्चार्ज गरिएको हो ।

शनिबार कपिलवस्तु नगरपालिका तथा मायादेवी र यशोधरा गाउँपालिकाका तीन तीन र बुद्धभूमि नगरपालिकाका एक जनालाई बुटवलको कोरोना विशेष अस्पतालबाट घर पठाइएको थियो । कपिलवस्तुमा सोमबारसम्म ८३ कोरोना संक्रमण देखिएको छ ।

समाचार वर्गहरू