आजबाट कोशी अस्पतालको ओपीडी सेवा बन्द

21

मोरङ – दुई स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि विराटनगरस्थित कोशी अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिम बढेकाले अस्पताल प्रशासनले अर्को सूचना जारी नभए सम्मका लागि बिहीबारबाट ओपीडी सेवा बन्द गरेको हो ।

अस्पतालका ओपीडी इञ्चार्ज र एक नर्समा कोरोना संक्रमण पुष्टि भएकोले संक्रमण थप फैलिन नदिन अर्को सूचना जारी नभए सम्मका लागि सेवा बन्द गर्ने निर्णय भएको अस्पतालका प्रवक्ता डा. लक्ष्मिनारायण यादवले बताए ।

कोशी अस्पतालबाट रिफर भई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका सुनबर्षि–८ का ४५ वर्षीय पुरुषकी श्रीमतीमा पनि संक्रमण पुष्टि भएको थियो ।

यसअघि उक्त अस्पतालका एक चिकित्सक र एक नर्समा संक्रमण पुष्टि भइसकेको छ । उनीहरुको कोभिड १९ उपचार केन्द्रमा उपचार भइरहेको छ ।

समाचार वर्गहरू