कोशी प्रदेशका सभामुख गौतम राजिनामा दिने मनस्थितीमा

3

काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई पदमुक्त गर्ने संकेत गरेको छ।

पार्टीभित्रैबाट राजीनामा दिन दबाब बढेपछि उनी यतिबेला पार्टी नेतृत्वसँग परामर्शका लागि काठमाडौँमा छन्। स्रोतका अनुसार नेताहरुले उनलाई राजीनामा दिन उचित हुने सुझाव दिएका छन्।

माओवादी विश्वस्त स्रोतका अनुसार पार्टीको निर्देशनपछि गौतमले एक–दुई दिनभित्रै राजीनामा दिनसक्ने सम्भावना रहेको छ।

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति खारेज गरेपछि सभामुख गौतमले राजीनामा दिनुपर्ने आवाज पार्टीभित्रै उठेको छ।

सभामुख गौतम भने अहिले यो बिषय छलफलकै क्रममा रहेको तर आफु राजिनामा दिने तहसम्म भने नपुगेको बताउँछन् ।

गठबन्धनका उद्धव थापालाई मुख्यमन्त्री बनाउन उनको पक्षमा सभामुख गौतमको समेत हस्ताक्षर प्रयोग गरिएपछी उनि विवादमा तानिएका हुन्। सर्वोच्चले सभामुखको समर्थनमा मुख्यमन्त्री बन्न नमिल्ने भन्दै थापाको नियुक्ति खारेज गरिदिएको थियो।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू