काठमाडौं – सप्तकोशी नदीको जलसतह बढेसँगै कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ।
हालसम्म ४ लाख १९ हजार आठ सय ४० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको छ। नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । अनुगमनका क्रममा नदिको जल सतह निरन्तर बढिरहेपछी ५६ वटै ढवका खोलिएको हो।
पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको सङ्केत देखिन थालेको सुनसरी जिल्ला प्रमुख अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।