भवनाथ आचार्य
नेपाली काँग्रेसका महामन्त्री गगन थापा अहिले काँग्रेसको मात्र नभइ नेपाली राजनितीको चर्चाको शिखरमा छन् । विद्यार्थी राजनितीदेखिनै विद्रोही स्वभावका थापा मुलुकको पुरानो प्रजातान्त्रीक पार्टीको जिम्मेवार तहमा पुग्दा समेत गणितिय अंकलाई गौण मान्दै आफ्नो अडानमा दृढ छन् ।
एक पछिल्लो सर्वेक्षणका अनुसार १८ देखी ३५ बर्ष उमेर समुहका ४२ प्रतिशत युवाले आफ्नो मनपर्ने नेताका रुपमा थापालाई छानेका छन् । अझ नेपालमा भएको पछिल्लो युवा विद्रोह अर्थात जेन्जी आन्दोलन पश्चात उनको लोकप्रियता झन् बढेको देखिन्छ ।
हुन त थापाको लोकप्रियता जति बढ्दै गएपनी उनको वास्तविक लडाइँको मैदान आफ्नै पार्टी र प्रतिष्पर्धा आफ्ना ‘दाई’ भनिने ‘बा’ पुस्तासैग भएको प्रष्ट देखिन्छ । चौधौं महाधिबेशन पश्चात महामन्त्रीको जिम्मेवारी पाएका थापा पार्टीको मात्र नभइ एमाले काँग्रेसको मिलीजुली सरकारको समेत भँडारमै पुगे । जिम्मेवारीका हिसाबले उच्च तहमा पुगेपनी कतै मत र कतै मन नमिलेकाकारण अपेक्षित डेलिभरी दिन भने थापा चुकेको देखिन्छ । जुन कुरा उनि स्वयमले बारम्बार सार्वजनिक गरेका छन् ।
नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको बैठक गत असोज २८ गतेदेखी चलिरहेको छ । स्वभाविक रुपमा जेन्जी आन्दोलनपश्चात पहिलोपटक बसेको काँग्रेस केन्द्रिय कार्यसमितिको बैठकले मुलुकको संक्रमणकालिन वर्तमान अवस्थाको बारेमा छलफलगरी एउटा निकास दिने अपेक्ष थियो । अपसोच बैठक केन्द्रिय महाधिबेशनको नाममा पुरै अवधी आन्तरिक किचलोमा रुमलियो ।
एकातिर कार्यवाहक सभापती पुर्णबहादुर खड्काले गुटको मात्रै नेतृत्व गरेको र अर्कोतिर महामन्त्री द्वय गगन थापा र विश्व प्रकाश शर्माले विशेष महाधिबेशनको नाममा आगामी निर्वाचनको टिकट बाँड्ने मनसाय अघी सारेको आरोप प्रत्यारोप चलिरहँदा महाधिबेशन कहिले कसरी र कुन हुने भन्ने निर्णय काँग्रेसले अहिलेसम्म गरेको छैन ।
करिब डेढ महिना लामो बैठक चलिरहँदा अ-निर्णयको बन्दी बनिरहेको काँग्रेसमा केहि सकारात्मक सर्किट प्रबाह गर्ने आशा यिनै महामन्त्री थापा उपर राखिएतापनी परिणाम भने आइसकेको छैन । उल्टै उनि चुनावको मुखमा आन्तरिक कलह चर्काएर पार्टी कमजोर बनाउने आरोप खेप्न बाध्य छन् । यति मात्र नभइ मंसिरको अन्तिम साता बिशेष महाधिबेशन गर्न सकिने आधार सहित अघिबढेका थापालाई उनकै जिम्मामा रहेको पार्टीको क्रियाशिल सदस्यता व्यवस्थापन समयमा नगरेको समेत आरोप छ ।
संस्थापन पक्ष आलटाल गरेरै थापाहरुलाइ थकाएर चुनाव अघी निर्वाचन सम्भव नभएको पुष्टि गर्न खोज्दैछन् भने थापा-शर्मा नियमित सम्भव नभए बिशेष महाधिबेशन गरेरै भएपनी नयाँ निति र नेतृत्व सहित चुनावमा जानुपर्नै अडानमै छन् । काँग्रेसले जेन्जीको मागलाई वेवास्ता गरे इतिहासले समेत माफी नदिने बताउँदै आएका थापा एजेण्डाका हिसाबले सशक्त देखिएपनी गणितिय हिसाबले निर्णायक तहमा कमजोर देखिन्छन् ।
देशको कुल मतदाताको ४० प्रतिशत भन्दाबढी हिस्सा युवा छन् जो परमपागत राजनितीबाट वाक्कदिक्क छन् । थापा उनिहरुलाई डिजिटल क्याम्पियन भ्रष्टार विरोधी एजेण्डा र रोजगारीका वाचा मार्फत आकर्षण गर्न खोजिरहेका छन् । सो को लागी उनलाई अर्का महामन्त्री शर्मा र नेता प्रदिप पौडेलको दरिलो साथ छ । हुन त थापालाई सार भन्दा शैली बढि भएको नेताका रुपमा पनि हेर्ने गरिन्छ । युवा छवी र राम्रो भाषणले मात्रै राजनिती नचल्ने उनका आलोचकहरु बताउँछन् ।
काँग्रेसमा चौधौं महाधिबेशनका ५४ प्रतिशत प्रतिनिधीले बिशेष महाधिबेशनको प्रस्ताव दर्ता गराएको दाबी गरिएतापनी निर्णय गर्ने केन्द्रिय समितिमा ८० प्रतिशत भन्दा बढी संस्थापन पक्षको उपस्थितीमा महामन्त्री थापाको एजेण्डाले त्यती सहजै स्थान पाउने सम्भावना देखिँदैन । तथापी काँग्रेसको विधानमा बिशेष महाधिबेशनको प्रस्ताव दर्ता गरिएको ९० दिन भित्र अधिबेशन बोलाउने बाध्यकारी व्यवस्था छ ।
जेन्जी आन्दोलनमा घाइते भएपछी खड्कालाई कार्यवहाकको जिम्मेवारी दिएर उपचारकोलागी सिङ्गापुर गएका काँग्रेस सभापति शेर देउवा पनि नेपाल फर्कीसकेका छन् । संस्थापनपक्षले निर्वाचनपछी महाधीबेशन भनिरहेकाबेला अहिले उनि काँग्रेसका नेताहरुसँग परामर्शमै छन् ।
पार्टीले लिने निर्णय भन्दापनी आम धारणालाई आत्मसात गर्ने हो भने काँग्रेसमा आशा गरिएका र रुचाइएका पात्र मध्ये तुलनात्मक रुपमा गगन अग्रपङ्तिमै छन् । उनको निति र नेतृत्वमा निर्वाचनमा जानेहो भने अझैपनी मुलुकको एउटा जिम्मेवार राजनितिक दलका रुपमा नागरीकले काँग्रेसलाइ स्थापित गर्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।
अन्यथा बाउ बाजेको विरासत र पुर्वहरुको आडमा बिचारबिहिन ज्येष्ठनागरिक अखडा बनाउने हो भने काँग्रेस प्रजापरिषदमा परिणत हुने समय त्यती दुर देखिँदैन ।