गगन थापा एकाएक सुटुक्क किन पुगे दिल्ली ?

106
फाइल फोटो

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि नेपालगञ्जको स्थलमार्ग प्रयोग गरी शुक्रबार सुटुक्क दिल्ली पुगेका छन् । नेपाली नेताहरुको केही दिन यता अनेक कार्यक्रम बनाई दिल्ली पुग्ने र फर्किने क्रम बाक्लिएको मेसोमा उनि पनि दिल्ली पुगेका हुन् ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीको औपचारिक दिल्ली भ्रमण हुन नसकिरहेको र ओलीले भ्रमणका लागि निक्कै जोडबल गर्दा पनि सकारात्मक सन्देश प्राप्त भईनसक्दा सत्तासहयात्री दलका महामन्त्री थापाको दिल्ली भ्रमणलाई निक्कै चासोका साथ हेरिएको छ ।

‘उहाँ (गगन) केही राजनीतिक भेटघाट गर्ने गरी नेपालगन्ज हुँदै नयाँ दिल्ली पुग्नुभएको छ, आज शनिबार दिनभर भेटघाट सकेर आइबार सोहीमार्ग हुँदै नेपाल फर्कने कार्यक्रम छ,’ गगन निकट स्रोतले भन्यो ।

भारतले केही दिन अगाडी मात्रै यूरोप हुँदै दिल्ली नै पुगेकी कांग्रेस नेतृ समेत रहेकी परराष्टमन्त्री डा आरजु राणलाई पनि खास महत्व नदिएपछि कांग्रेसले महामन्त्री थापालाई सुटुक्क दिल्ली पठाएको अनुमान छ ।

प्रधानमन्त्री केपी शर्मा ओली २० मंसिरमा चीन भ्रमण गरेर फर्किएबाटै उनको भारत भ्रमणका लागि पहल भइरहेको थियो । तर, हालसम्म भारतीय पक्षबाट निम्तो आएको छैन । यस्तोमा परराष्ट्रमन्त्री आरजुको दिल्ली यात्रा पनि राजनीतिक भेटघाट बिना नै फर्किनु परेपछि सत्ता सहयात्री दुवै दल झस्केको बेला गगन दिल्ली पुगेका हुन् ।

राणा दिल्लीमै रहेका बेला एमाले उपमहासचिव समेत रहेका पूर्व परराष्टमन्त्री प्रदीप ज्ञवाली समेत दिल्लीमै थिए । ज्ञवाली पनि प्रधानमन्त्री ओलीको भारत भ्रम्णका लागि निक्कै जोडबलसहित लागेका छन् । तर परिणाम आउन सकिरहेको छैन ।

समाचार वर्गहरू