गजुरीमा पालिका अध्यक्ष भन्छन् सार्वजनिक बिदा छ, वडा अध्यक्ष र उपाध्यक्ष भन्छन् बिदा छैन

17

काठमाडौं – धादिङको गजुरी गाउँपालिकामा गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा घोषणा गरेपछि उपाध्यक्ष र वडाअध्यक्षहरुबिच विवाद भएको छ।

गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले पालिकाभरि जनयुद्ध दिवस भनेर बिदाको सूचना जारी गरेका छन् ।

गाउँपालिकाको निर्णय नै नगरी बिदा दिन नुहुने, पालिकामा छलफल नै नभई बिदाको सूचना जारी गर्न नियम विपरित भएकोले सार्वजनिक बिदा नभएको भन्दै गाउँपालिका उपाध्यक्ष शर्मिला विसुरालले अर्को विज्ञप्ति निकालेकी छन् ।

गाउँपालिका अध्यक्ष श्रेष्ठले निर्णय अनुसार पालिकाभित्र सार्वजनिक बिदाको सूचना निकालेपछि  उपाध्यक्ष विसुरालले माघ २९ गते सार्वजनिक बिदाको खण्डन गर्दै सूचना जारी गरेर सम्पूर्ण सरकारी र गैरसरकारी तथा सार्वजनिक निकाय सञ्चालन गर्न सूचना गरेका हुन् ।

सर्वोच्च अदालतले फागुन १ गते बिदा दिन नहुने फैसला गरेसँगै माघ २९ गृह मन्त्रालयले समेत फागुन १ गते सार्वजनिक बिदा नहुने सूचना समेत जारी गरेको थियो ।

त्यसैगरी गजुरी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुरेन्द्र प्रजाले समेत सूचना जारी गर्दै अदालतभन्दा माथि  कोही नभएकोले फागुन १ गते सार्वजनिक बिदा नभएको उल्लेख गरेका छन् ।

गजुरी गाउँपालिका अध्यक्ष नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित भएका हुन्  भने उपाध्यक्ष शर्मिला बिसुराल र वडा अध्यक्ष प्रजा नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू