गण्डकीमा एकैदिन ७७ जनामा कोरोना संक्रमण पुष्टि

59

(पोखरा) – गण्डकी प्रदेशमा विहीबार एकैदिन ७७ कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशका विभिन्न जिललामा गरी थप ७७ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसंगै प्रदेशभरी संक्रमितको संख्या ३ सय २४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पहिलोपटक हिमाली जिल्ला मनाङमा कार्यरत एक सरकारी कर्मचारी पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयका अनुसार पूर्वी नवलपरासीमा ३१, तनहुँमा १५, गोरखा ११, पर्वत र स्याङजामा ९/९ र बागलुङमा एक जनामा संक्रमण देखिएको हो ।

मनाङ एक संक्रमित बाहेक अरु संक्रमित सबै हालैमात्र भारतबाट फर्किएर क्वारेन्टिनमा बस्दै आएका थिए ।

समाचार वर्गहरू