गायक प्रकाश सपूतमाथि स्टेजमै बोतल प्रहार

6
फाइल फोटो

काठमाडौं – गायक प्रकाश सपूतमाथि बोतल प्रहार गरिएको छ । युरोपियन मुलुक रोमानियामा भएकव एक सांगीतिक कार्यक्रमका क्रममा उनीमाथि बोतल प्रहार गरिएको हो ।

सपुतले स्टेजमा आफ्नो प्रस्तुति दिइरहँदा उनीमाथि बोतल प्रहार गरिएको थियो । कार्यक्रममा उपस्थितले एक दर्शकले बोतल प्रहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ ।

बोतल प्रहारपछि उनी आफ्नो प्रस्तुति बीचमै रोकेर स्टेजबाट बाहिरिएको भिडियोमा देखिन्छ । रोमानियामा सांगीतिक कार्यक्रमका क्रममा उक्त घटना भएको हो । घटना आइतबार (हिजो)को भएको सामाजिक सञ्जालमा उल्लेख छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू