गायक रवि ओडविरुद्ध श्रीमतीद्वारा वैवाहिक बलात्कारको उजुरी

6

काठमाडौं – नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी छिन्।

कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत उनकी श्रीमतीले ३/४ दिन अघि ओडविरुद्ध वैवाहिक बलात्कारसम्बन्धी जाहेरी दिएकी हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक चक्रराज जोशीका अनुसार ओडविरुद्ध उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी हुन्। उजुरी पछि ओडविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको बताइएको छ।

हाल ओडकी श्रीमतीको मेडिकलको प्रक्रिया भइरहेको र अनुसन्धान सुरु भइसकेको प्रहरीले बताएको छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू