गायिका पुजा परियार र गायक लक्ष्मण बीसीको ‘राम साईली’ सार्वजनिक

88

काठमाडौं । गायिका पुजा परियार र गायक लक्ष्मण बीसीले नयाँ वर्षको अवसर पारेर ‘राम साईली’ बोलको नयाँ लोकगीत सार्वजनिक गरेका छन् ।

गायिका परियार र गायक बीसीको आवाजमा सजिएको उक्त गीत मंगलबार बजारमा ल्याइएको हो। गीतमा सर्जक अनिश दवाडीको शब्द तथा संगीत रहेको छ।

नयाँ वर्षलाई लक्षित गर्दै गीत पुजा परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। यसअघि ‘तिम्रो त यो दुनिया छ’, ‘गलबन्दी चिनो’, ‘नमाने लतार्छु’, ‘पुरानो दौतरी’ जस्ता सफल गीतहरू दिएकी पुजाले वर्षको सुरुआतमै नयाँ सिर्जना दर्शकसामु ल्याएकी हुन्।

गीतको म्युजिक भिडियोमा जुना गुरुङ र शिसिर पौडेलको अभिनय देख्न सकिन्छ भने निर्देशन बिशाल घिमिरेले गरेका छन्। मालाश्री गीत रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्डिस्ट सागर बाजुराली रहेका छन्।

नयाँ वर्षको उमंगसँगै सार्वजनिक गरिएको ‘राम साईली’ ले दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।

समाचार वर्गहरू