गुल्मीमा जिप दुर्घटना, ५ को मृत्यु, २ जना घाइते

26

काठमाडौं – गुल्मीको इस्मा गाउँपालिका–४ मा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएको खबर छ । इस्माबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ नम्बरको जीप शुक्रबार बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा ६५ वर्षीय डम्बर हितान,  शिव दर्लामी, वसन्त दर्लामी, धनबहादुर अछामी र सुन्दरी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ । सोही दुर्घटनामा परी २ जना घाइते भएका छन् । स्वास्थ्य अवस्था गम्भीर रहेका उनीहरूलाई गुल्मी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको जिप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन । यसबारे थप अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।

जिपमा ९ जना सवार रहेकोमा चालक भने सकुशल छन् ।

समाचार वर्गहरू