गृहमन्त्री सुधन गुरुङ र विवादास्पद व्यवसायी दीपक भट्ट ‘व्यापारिक साझेदार’

98

काठमाडौं : सम्पत्ति शुद्धीकरण लगायतका गम्भीर आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका दीपक भट्टको समूहको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गृहमन्त्री सुधन गुरुङसमेत लगानीकर्ता रहेको खुलेको छ।

सम्पत्ति शुद्धीकरणको अभियोगमा हिरासतमा रहेका भट्ट र विवादास्पद शंकर समूहको लगानी रहेको सो कम्पनीमा गृहमन्त्री गुरुङको २५ लाख रुपैयाँ बराबरको सेयर रहेको दियो पोस्टले सार्वजनिक गरेको हो।

गुरुङको हामी नेपाल र भट्ट समूहबीच यस अगाडि नै सम्बन्ध खुलेको थियो। हामी नेपालले भट्टसहितलाई सम्मान गरेको थियो। दियो पोस्टले सार्वजनिक गरेको प्रमाणहरूले भने उनीहरुबीच साझेदारी समेत रहेको देखिन्छ। तर हालै सार्वजनिक भएको गुरुङको सम्पत्ति विवरणमा स्टार माइक्रोमा रहेको लगानीबारे केही उल्लेख गरेका छैनन्। यसले उनले सम्पत्ति विवरण लुकाएको देखिन्छ।

दियो पोस्टले सार्वजनिक गरेको सेयर लगतको ४९ नम्बरमा गुरुङको विवरण छ त्यसमा उनको ठेगाना चुमुनुब्री-२, गोरखा उल्लेख छ। सम्पत्ति विवरणमा पनि उनले सोही ठेगाना राखेका छन्। बाबुको नाम दिलबहादुर गुरुङ उल्लेख छ। सम्पत्ति विवरणमा पनि उही छ।

आर्थिक सुशासन र बिचौलियातन्त्रको अन्त्य गर्ने नारासहित ‘जेनजी’ आन्दोलनबाट राजनीतिमा उदाएका गुरुङ आफैँ बिचौलिया र ठूला व्यापारिक घरानाको साझेदार देखिएपछि बालेन शाह नेतृत्वको सरकारमाथि नैतिक प्रश्न उठेको छ।

उनको सम्पत्तिको स्रोतबारे प्रश्न उठ्दा सामाजिक सञ्जालमा गुरुङले “गरिब भएर जन्मिनु गल्ती होइन, मर्नु गल्ती हो” भन्दै लेखेका थिए। उकेरा डट्कम

समाचार वर्गहरू