कांग्रेस सभापति गगन थापा र पूर्णबहादुर खड्काबिच भेटवार्ता

86
फाइल फोटो

काठमाडौँ — कांग्रेस सभापति गगन थापाले तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटेका छन् ।

महामन्त्री प्रदीप पौडेलका अनुसार साँझ खड्कालाई भेटेर पार्टी एकता कायम गर्ने विषयमा संवाद भएको बताए । खड्काले आजै आफ्नो समूहका तत्कालीन पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको बैठकमा एकताको कुनै पहल नभएको जानकारी गराएका थिए ।

‘पार्टी एकताका लागि आइतबारदेखि नै सभापतिले पहलकदमी सुरु गर्नुभएको छ । हामी सबै खालका विवादहरु अन्त्य गरेर पार्टीलाई एकता कायम गर्न गम्भीर छौं,’ पौडेलले भने, ‘तत्कालीन कार्यवाहक सभापतिज्यूसँगको छलफलले सकारात्मक बाटो लिन्छ भन्ने आशा छ ।’ पौडेलले केन्द्रीय अनुशासन समितिले खड्कामाथि गत बुधबार सोधेको स्पष्टीकरणको औचित्वसमेत समाप्त भएको बताए ।

खड्काले कार्यवाहक सभापतिको हैसियत राखेर पार्टीको समानान्तर गतिविधि गरेको भन्दै सात दिनको स्पष्टीकरण सोधको थियो । उक्त स्पष्टीकरण फिर्ता लिइने पौडलले बताए ।

तारामान गुरुङ संयोजक रहेको केन्द्रीय अनुशासन समितिको बैठक सोमबारका लागिनै बोलाइएको छ ।

समाचार वर्गहरू