ग्लोबल आइएमई बैंक र आइएफसीबीच सम्झौता

6

काठमाडौं – ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बीच सम्झौता भएको छ । जोखिम व्यवस्थापन, जलवायु तथा लैङ्गिक वित्त क्षेत्रमा आइएफसीद्वारा परामर्श सेवा प्रदान गर्ने सम्बन्धमा दुई संस्थाबिच सम्झौता भएको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आइएफसीको तर्फबाट दक्षिण एसिया क्षेत्रीय सल्लाहकार तथा अपस्ट्रिम प्रबन्धक मेहदी चेरकाउईले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौतापश्चात् आइएफसीले ग्लोबल आइएमई बैंकको कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा सम्पत्ति तथा दायित्व व्यवस्थापन ढाँचालाई सुदृढ पार्न परामर्श दिने, बैंकको जोखिम व्यवस्थापन नीतिलाई अन्तर्राष्ट्रिय स्तरमा कायम जोखिम व्यवस्थापन अभ्यास अनुरूप परिमार्जन गर्नेलगायतका विषयहरूमा परामर्श प्रदान गर्नेछ।

यस्तै आइएफसीले जलवायु वित्त क्षमता निर्माणको लागि आधारभूत जलवायु साक्षरता तथा लक्षित क्षमता निर्माण कार्यक्रमहरूमा दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नेछ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू