घटेको मूल्यमा ग्यास बिक्री नगरे कारबाही गर्ने निगमको चेतावनी

16

काठमाडौं – घटेको मूल्यमा ग्यास बिक्री नगर्ने एलपी ग्यास उद्योगी तथा वितरण केन्द्रलाई कडा कारबाही गर्ने नेपाल आयल निगमले चेतावनी दिएको छ । निगमले मूल्य घटाए पनि त्यही अनुसार बिक्री वितरण नभएको पाएपछि यस्तो चेतावनी दिएको हो ।

निगमले गत शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ घटाउने निर्णय गरेको थियो ।

उक्त निर्णयपछि काठमाडौं उपत्यका लगायतका पहाडी क्षेत्रमा ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ कायम गरिएको थियो । निर्णय कार्यान्वयन भए नभएको बारे निगमले सोमबार गरेको बजार अनुगमनमा घटेको मूल्यमा बिक्री गरेको नपाइएपछि निगमले सोमबार सूचना निकालेर नियम पालना गर्न निर्देशन दिएको छ ।

अन्यथा प्रचलित कानुनबमोजिम कडा कारबाही गर्ने जनाइएको छ । निगमका अनुसार काठमाडौं उपत्यका लगायत पहाडी क्षेत्रमा प्र्र्तिसिलिन्डर १३ सय ५० रुपैयाँ, दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुरमा प्रतिसिलिन्डर १३१५ रुपैयाँ र अन्य तराई क्षेत्रमा प्रतिसिलिन्डर १३ सय ३० रुपैयाँ बिक्री मूल्य तोकिएको छ ।

समाचार वर्गहरू