घटेन संक्रमण,अझै केही साता चुनौतीपूर्ण : स्वास्थ्य मन्त्रालय

13

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अझै केही साता चुनौतिपूर्ण रहेकाले सबैजनालाई संयमित हुन आग्रह गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले संक्रमण बढी भएका २० भन्दा बढी जिल्लामा संक्रमितहरू खुलेआम रुपमा हिँडिरहेकाले अझै केही साता चुनौतिपूर्ण रहेको जनाएको हो ।

यस्तै, अध्ययनहरुले अझै पनि जनस्वस्थ्यका मापदण्डहरुको राम्ररी पालना नभइरहेको र निषेधाज्ञाको समयमा पनि मानिसहरुको आवतजावतमा ५९ प्रतिशतमात्रै कमी भइरहेको पाइएको जनाएको छ ।

मन्त्रालय र अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीले मात्र चाहेर महामारी नियन्त्रण नहुने भन्दै अन्य मन्त्रालय, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायहरुको पनि महत्वपूर्ण भूमिका रहने मन्त्रालयले जनाएको छ ।

समाचार वर्गहरू