काठमाडौं – सरकारले विभिन्न मुलुकका लागि तोकिएका चार राजदूतलाई थप जिम्मेवारी दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा चार गैरआवासीय नेपाली राजदूत नियुक्त गरेकी हुन् ।
मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई फिलिपिन्स, फ्रान्सका लागि नेपाली राजदूत दीपकराज अधिकारीलाई मोनाको, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई न्यूजिल्याण्ड तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराईलाई इटलीका लागि गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको हो ।