काठमाडौँ – नेपाल रेडक्रस सोसाइटीले चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको अवधिलाई लक्षित गरी एम्बुलेन्स सेवा र प्राथमिक उपचार सेवाको लागि तयारी अवस्थामा रहेको बताएको छ ।
राष्ट्रपति सीको भ्रमण अवधिभर एम्बुलेन्स सेवा र प्राथमिक उपचार सेवाको लागि उपकरण र जनशक्तिलाई एलर्ट अवस्थामा राखेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुरोध बमोजिम केन्द्रीय कार्यालय कालिमाटीमा यो विशेष व्यवस्था गरिएको हो ।
मेडिकल पर्सन, उपकरणहरु सहित २ वटा ख वर्गका एम्बुलेन्सहरुका साथै प्राथमिक उपचारक टोली राष्ट्रपतिको भ्रमणका २ दिन केन्द्रीय कार्यालयमा स्ट्याण्डबाई रहने नेपाल रेडक्रसको स्वास्थ्य विभागका उपनिर्देशक बाबुराजा बोहराले बताए ।
एम्बुलेन्स तथा प्राथमिक उपचार नेपाल रेडक्रसका नियमित गतिविधिहरु हुन् । उच्च स्तरीय भ्रमणको सिलसिलामा केन्द्रीय कार्यालयमा यो विशेष व्यवस्था गरेको जनाएको छ ।