चिनियाँ राष्ट्रपतिको स्वागतका लागि सबै तयारी पूरा : मन्त्री बाँस्कोटा  

14

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी चिङफिङको राजकीय भ्रमणको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न सिंहदरबारमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी भ्रमणको सम्पूर्ण तयारी पूरा भएको बताएका हुन् ।

करीब २५ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले ठूलो महत्व राख्ने भन्दै उच्चस्तरको भ्रमणलाई सफल बनाउन सरकारले कुनै कसर बााकी नराख्ने उनले बताए । मन्त्री बाँस्कोटाले राष्ट्रपति सी को भम्रणका क्रममा नेपाल र चीनबीच हुने सम्झौताका विषयमा दुबै पक्ष गम्भीर छलफलमा रहेको जानकारी दिए । राष्ट्रपति सी को भ्रमणका समयमा हुन सक्ने महत्वपुर्ण सम्झौताका विषयमा सरकारले पूर्वप्रधानमन्त्री, पूर्व राजदूत तथा विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल गरिसकेकाले प्राप्त सुझावलाई कार्यन्वयनमा लैजाने उनले बताए ।

चीन विकास निर्माणमा सबैभन्दा अघि भएकाले नेपाल सरकारले चीनबाट विकास निर्माणको सहयोग अपेक्षा गरेको मन्त्री बाँस्कोटाले बताए ।

उनले राष्ट्रपति सीसँगको भेटमा दुई मुलुकबीचको सीमा व्यवस्थापनका बारेमा पनि छलफल हुनसक्ने उल्लेख गरे । राष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्ध थप बलियो हुने विश्वास उनको थियो ।

समाचार वर्गहरू