चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वदेश फिर्ती (फोटो फिचर)

19

काठमाण्डौ, रासस – दुईदिने राजकीय भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । शनिबार अपरान्ह काठमाडौं ओर्लिएका उनी आइतबार दिउँसो २ बजेर ४० मिनेटमा एयर चाइनाको विशेष विमानबाट चीन फर्किएका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाइ गरेकी छन् ।

शनिबार स्वागत गर्न पनि भण्डारी नै विमानस्थल पुगेकी थिइन्। विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरुले बिदाइ गरेका थिए। फर्कनुअघि नेपाली सेनाले सीलाई बिदाई सलामी अर्पण गरेको थियो।

सी चिनियाँ ध्वजाबहाक जहाज एयर चाइनाको विशेष विमानमार्फत भारतको चेन्नाइबाट शनिबार काठमाडौं आएका थिए। उनीसँगै एयर चाइनाकै अर्को विमान पनि ल्याइएको थियो। सीको भ्रमणले नेपालको हवाइ उडान प्रभावित भएको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आएका सीले स्वदेश फर्किनुअघि सोल्टीहोटलमा सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।

समाचार वर्गहरू